पोखरामा चोरी आरोपमा २ जना पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक ९ गते २०८१ मा प्रकाशित


पोखरामा चोरी आरोपमा २ जना पक्राउ

पोखरामा चोरी आरोपमा २ जना पक्राउ

पोखरा, ९ कात्तिक/ पोखरा महानगरपालिका वडा ८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री, एउटा घडी र नगद समेत चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कात्तिक १ गते भएको चोरीमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले गोरखा भिमसेन ६ का घर भई पोखरा महानगरपालिका वडा नम्बर १५ घलेचोक बस्ने ३९ बर्षिय राम बहादुर नेपाली र २६ बर्षिय गोमा गुरुङलाई पक्राउ गरेको हो ।

चोरी भएको सुनको सिक्री दुई टुक्रा पारिएको अवस्थामा १ थान, घडी १ थान र विभिन्न कम्पनीका मोवाईल ३ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बयाएको प्रहरीले जानकारी दिएको छ ।