पठाओ कार रेन्टलु सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

-


     क्लिक गण्डकी     
     कार्तिक ६ गते २०८१ मा प्रकाशित


पठाओ कार रेन्टलु सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

पठाओ कार रेन्टलु सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

पोखरा, ६ कात्तिक/ राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा पठाओ कार रेन्टलु सुरू गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् ।

हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकता अनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् ।

रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ुराउण्ड ट्रिपु वा ुड्रपुको सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । जसले ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् ।

पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको हमालले बताइन् । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४ सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ ।

पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । यो सेवा पठाओ नेपालको नारा ुमुभिङ नेपालुकै आशयमा रहेको उनको भनाइ छ ।