
पोखरामा रास्वपा कार्यकर्तालाई पानीको फोहोरा र अश्रुग्यास प्रहार
पोखरा, ४ कात्तिक/ सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा पोखरामा उत्रिएका रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।
निषेधीत क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरी र रास्वपा कार्यकर्ता विच धकेलाधकेलको स्थिति बनिरहेको छ ।
सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो । उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
लामिछानेलाई अदालतमा उपस्थित गराउने भएपछि सहकारी पीडितहरुले राष्ट्रबैंक चोकमा प्रदर्शन गरिरहेका छन् ।





