सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने

-


     क्लिक गण्डकी     
     भाद्र ३० गते २०८१ मा प्रकाशित


सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने

सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने

पोखरा, ३० भदौ/ पोखराको बैदाम जरेवरमा रहेको सुलभ उपभोक्ता सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा गण्डकी प्रदेश सांसद देवका पहारीले पर्यटन व्यवसायीहरुद्धारा संञ्चालित उपभोक्ता सहकारी संस्थाले सञ्चालन गरेका डिपार्टमेन्टल स्टोरमा स्थानीय किसानले उत्पादन गरेका बस्तुलाई प्रथामिक्ता दिएर बिक्री वितरण गर्दै आएको भन्दै प्रशंशा गरिन् ।

कोभिड पछि थला परेको पर्यटन उद्योगले अझै गति लिन नसकेको बताउँदे संकटमा सरकार पर्यटन मैत्री हुनु पर्ने सांसद पहारीले बताइन् । पर्यटन व्यवसायका समास्या समाधान गर्न आफू सधै साथमा रहेको उनले बताइन् ।

कार्यक्रममा पोखरा ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायतले शुभकामना दिएका थिए ।

सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराईले सुलभ सहकारीले सुलभ डिपार्टमेन्टल स्टोर्स संञ्चालन गरेर सदस्यहरुको साथै आम नागरिकलाई सुलभ रुपमा दैनिक उपभोग्य समाना बिक्री गर्दै आएको बताए । सहकारीले समाजिक उत्तरदायित्व अन्तर्गतका काम पनि गर्दै आएको बताए ।

पोखराका एक सय जना पर्यटन व्यवसायिहरु मिलेर उभोक्ता सहकारी संस्था सञ्चालनमा ल्याइएको हो । आम नागरिकमा सहकारी भनेको ऋण बचतलाई मात्र सम्झन्छन् तर सुलभ सहकारी उपभाक्ता सहकारीको रुपमा सञ्चलन हुँदै आएको छ ।

सिधै उत्पादन तथा आयात कर्ताहरुबाट समान खरिद गर्दै आएकोले सुलभले सुलभ रुपमा सदस्य र नागरिकलाई समान बिक्री गर्न सफल हुँदै आएको डिपार्टमेन्टल स्टोर्सका प्रवन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।

अन्य सहकारी संकट ग्रस्त रहेको अवस्थामा पोखराको जरेवर स्थित सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । ५ करोड ८० लाख पुजी रहेको सहकारीमा त्यती नै बराबरको जगेडा कोष पनि रहेको बताइएको छ ।