पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकललाई कार्वाही

-


     क्लिक गण्डकी     
     भाद्र २ गते २०८१ मा प्रकाशित


पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकललाई कार्वाही

पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकललाई कार्वाही

पोखरा, २ भदौ/ पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए कार्वाही गरेको छ ।

साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिए र कार्वाही गरिएको कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले बताए ।

कास्कीका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको थापाको भनाई छ ।

मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने प्रहरीको अनुमान भनाइ छ ।

स्वरुप परिवर्तन गर्ने सवारी धनी र वर्कसप सञ्चालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइने कास्की प्रहरीले जनाएको छ ।