
पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेल
पोखरा, २८ साउन/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन भदौको अन्तिममा हुदैछ । चुनाबमा अध्यक्ष सहित पदाधिकारीहरु र सदस्यहरुको प्यानल बनाएर नै चुनावी मैदानमा जाने तयारीमा छन् ।
पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी ब्यबसायी सदस्य रहेका छन् । उनीहरुले नै मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने ब्यबस्था रहेको छ ।
संघका बर्तमान कार्यसमितिका अध्यक्ष पवन कुमार प्रजापतिले पुनः अध्यक्ष बन्ने चाहना प्रकट नगरेको र कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका गोकर्ण कार्की अगाडी बढेका छन् । उनी सगँ पवन प्रजापति सँग अध्यक्षमा पराजीत अर्जुन पोखरेल चुनावी मैदानमा उत्रिदै छन् । दुबै जना आफ्नो टिम बनाउने गृहकार्यमा लागेका छन् ।
कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाब लडेको भएपनि पराजित बनेका थिए । पछिल्लो समयमा उनी २ कार्यकाल उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षमा कार्यरत छन् ।
अघिल्लो पटक अध्यक्ष पदमा पराजित अर्जुन पोखरेले यस पटक पनि अध्यक्ष पदमा चुनाब लड्ने तयारीमा छन् । २०७१ मा संघको कार्यसमितिको सदस्य निर्बाचित भएपछि क्रमशः उपमहासचिब, महासचिब र बाणिज्य तर्फको उपाध्यक्ष जितेको उनले अघिल्लो पटक अध्यक्ष पदमा चुनाब लडेका थिए ।
हाल उद्योग तर्फका उपाध्यक्षमा देबेन्द्र केसी र बाणिज्य तर्फका उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेको छन् भने महासचिबमा बलराम आचार्य चर्चामा छन् । तीन जना मध्येबाट बरिष्ठ उपाध्यक्ष र अन्य दुई जना उपाध्यक्ष पदमा उमेदवार बनाउने सोचमा संस्थापन पक्ष रहेको छ ।
तर तीनजनालाई मिलाउन नसकेमा त्यहाँबाट बाहिरिने व्यक्ति पोखरेल नेतृत्वको टिममा समाबेश हुने करिब निश्चित जस्तै छ । त्यसैले संस्थापन वा कार्की समुहले सबैलाई मिलाएर प्यानल बनाउन नसके पोखरेल नेतृत्वको टिमले उमेद्वारहरु सजिलै पाउन सकिने अबस्था हुन्छ ।
यस अगाडी सम्पन्न अधिबेशनमा बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कीले जित्दा उक्त पदका उमेद्वार हरिहर सापकोटा पराजित बनेका थिए । सापकोटा तत्कालिन अबस्थामा अध्यक्ष पदका उमेद्वार अर्जुन पोखरेलको टिमबाट उमेद्वार बनेका थिए । पोखरेलको टिमबाट उमेद्वार बनेकाहरुमध्ये देबेन्द्र केसीले मात्र उपाध्यक्ष पदमा बिजय प्राप्त गरेका थिए । केसीसंग हिरामणी पण्डित पराजित बनेका थिए ।
बाणिज्य तर्फको उपाध्यक्षमा कुमारी मुना बाँस्तोला र शोभित पौडेलले पराजय भोग्नुपर्दा उत्तममान बुद्दाचार्यले बिजयी हुने अवसर पाएका थिए । महासचिबमा बलराम आचार्य बिजयी बन्दा केशव खत्री र तारानाथ ढुंगानाले पराजय भोगेका थिए । यसैगरी कोषाध्क्षमा हरीराज पन्तलाई दिनेशचन्द्र बाँस्तोलाले पराजित गरेका थिए भने उपमहसचिबमा शोभा गौतमले हर्कबहादुर अधिकारी ‘मिराज’ लाई पराजित गरेकी थिइन् ।
पोखरेलको टिममा हालकी उपमहसचिब शोभा गौतम पर्ने पक्का जस्तै छ । गौतम संघको महासचिबमा उमेद्वार बन्ने अभियानमा छिन् । संघको संस्थापन पक्षले महासचिबमा दिनेशचन्द्र बाँस्तोलालाई नै उमेद्वार बनाउने करिब निश्चित जस्तै छ । बाँस्तोलालाई संस्थापन अर्थात कार्की समुहले महासचिबको उमेदवार बनाउने भएको कारण गौतमले पोखरेलको टिम रोज्नुपर्ने भएको हो ।
यसपटक कोषाध्यक्ष पदमा हालका सदस्य मनोज श्रेष्ठ उमेद्वार बन्ने करिब निश्चित जस्तै छ । उनिसंग प्रतिष्पर्धा गर्न को आउलान भन्ने अझै खुलेको छैन । यसपटक संघको उपमहसचिबमा हालको कार्यसमितिमा सदस्य रहेकाहरु मध्येबाट उमेद्वार बनाइने सम्भावना छ । कार्यसमितिमा खुल्ला तर्फबाट सदस्यमा निर्बाचित प्रभा सुबेदी, बालकृष्ण कोइराला, सुदिप प्रधानाङ्ग, भरत केसी, दिलिप कुमार श्रेष्ठ, कृष्ण प्रसाद कोइराला, भिम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ, सुदिप ओझा रहेकोमा प्रभा सुबेदी, बालकृष्ण कोइराला, सुदिप प्रधानाङ्गले पदाधिकारीमा चुनाब लड्ने चाहना राखेका छन् ।
सोही अनुरुप अध्यक्षका उमेद्वार कार्की टिमबाट कुनै एकलाई उपमहासचिबको उमेद्वार बनाइए बाँकीलाई पोखरेल टिमबाट पदाधिकारीमा उमेदवार बनाइने सम्भावना छ ।
कार्यसमितिमा कर्पोरेटबाट बन्दना कार्की केसी र राम प्रसाद कंडेल तथा बस्तुगत तर्फबाट जिबन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुबेदी, लेखनाथ सुबेदी, लिलाधर चपाइ सदस्य छन् भने उद्योग तर्फबाट युबक बहादुर बस्नेत सदस्य रहेका छन् । कार्यसमितिमा सौगात थापा, देबेन्द्र प्रजु, प्रदिप राजभण्डारी, टिकाराम सुबेदी मनोनित सदस्य र रुद्रलाल श्रेष्ठ, निरन केसी आमन्त्रित सदस्यको रुपमा रहेका छन् । उनिहरु कार्यसमितिको कुन पदमा उमेद्वार बन्ने सम्भावना छ ।
भदौ २८ र २९ गते हुने अधिबेशनको लागि टिम वा प्यानल बनाउने गृहकार्य शुरु भएको भएको छ । संस्थापन टिममा रहेकाहरु नै पदीय भागबण्डामा असहमत भएर पोखरेल टिममा जाने छन् । अहिलेसम्म औपचारिक रुपमा कसैले उमेद्वारी घोषणा नगरेपनि आकांक्षीले मतदाता भेट्न घर दैलोमा छन् ।





