
प्रकाश तिमिल्सिना
पोखरा, २७ साउन/ गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा तिमिल्सिना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
उनका प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ, नमान लाज यसरी, नआए नि हुन्थ्यो लगाएतका गीत चर्चित छन् ।





