फ्रेस एयर, एयर प्युरिफायरसहितको अत्याधुनिक प्रविधिको टेस्ला एसी पोखरा बजारमा

-


     क्लिक गण्डकी     
     श्रावण २६ गते २०८१ मा प्रकाशित


फ्रेस एयर, एयर प्युरिफायरसहितको अत्याधुनिक प्रविधिको टेस्ला एसी पोखरा बजारमा

फ्रेस एयर, एयर प्युरिफायरसहितको अत्याधुनिक प्रविधिको टेस्ला एसी पोखरा बजारमा

पोखरा, २६ साउन/ फ्रेस एयर प्रविधि, एयर प्युरिफाई र एयर कन्डिसनर गरी तीन वटै सिस्टम एकै ठाउँमा भएको एसी पोखराको बजारमा भित्रिएको छ । टेस्ला ब्राण्डमा भूलक्ष्मी ग्रुपले अत्याधुनिक प्रविधिको एसी नेपाली बजारमा भित्र्याएको हो ।

टेस्ला ब्राण्डको ‘टि फ्रेस सिरिज’को यो एसी ‘ब्लु मिनी विङ आईआई’ हो । यस्तो विशेषता भएको एसी पोखरा बजारमा पहिलो भएको कम्पनीका संस्थापक किरण आचार्यको दाबी छ ।

अहिलेसम्म बजारमा फ्रेस एयर फ्यान, एयर प्युरिफायर र एसी अलग अलग पाउने अवस्था थियोू, आचार्य थप्छन् ूअब ग्राहकले आफूलाई आवश्यक पर्ने सबै विशेषताहरू एउटै एसीमा आएको छ ।

एसीमा ब्लु मिनी विङ फ्रेस एयर डक्ट सिस्टम, ६० एमक्यु एचको ठूलो फ्रेस एयर राखिएको छ । साथै एसी राख्नका लागि घर वा कार्यालयको भित्तामा अतिरिक्त प्वाल पार्नु नपर्ने गरी एसी बनाइएको छ ।

एसीमा रियलटाइममा हावाको गुणस्तर सहजै जानकारी पाउन सकिनेछ । फ्रेस हावा फिल्टर गर्नका तथा शुद्धीकरणका लागि ४ तहको फिल्टर पद्धति समेत एसीमा जडित छ ।

एसीमा स्मार्ट वाईफाइ कन्ट्रोल सिस्टम राखिएकाले आफू घर बाहिर भएको अवस्थामा मोबाइलबाटै खोल्न र बन्द गर्न सकिनेछ । यस्तै एसीको सरसफाइका लागि प्रयोगकर्ताले तनाव लिनुपर्दैन । किनकी एसीको स्वचालित प्रविधिले आफैँ सफा गर्नेछ ।

चीनबाट आयात गरिएको यो एसीमा एक सय २० महिनाको वारेन्टी तथा एक वर्षसम्म निस्शुल्क सर्भिसिङ सुविधासहित उपलब्ध भएको आचार्यले बताए ।