
मादीको काँडेखोलामा ‘डियो स्कुटर’, कस्को हो पत्तो भएन
पोखरा, २३ असार/ मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको मादी गाउँपालिका ४ तारकाङबेशी–भगवती सडकखण्डको काँडेखोलामा स्कुटर फेला परेको छ ।
काँडेखोलाको पुलमुनि बेवारिसे अवस्थामा ग १०प ९१९३ नम्बरको डियो (निलो रंग) को स्कुटर फेला परेको शिव सापकोटाले सामाजी सञ्जाल फेसबुकमा राखेका छन् ।
सोही स्थानमा स्कुटरको चाँबी र चप्पल समेत रहेको उनले लेखेका छन् । स्कुट त्यतिकै भेटिएपछि प्रहरीले अहिले चौकीमा लगेर राखेको छ ।





