
डुवान
पोखरा, १२ असार/ कास्कीमा राती देखी परेको लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ ।
यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको निधन भएको छ ।
अहिले पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह समेत गरेको छ । त्यसै गरी पोखरा ७ गैरीखेतमा दर्जन बढि घर डुवानमा परेका छन् ।
मिति २०८१।०३।११ गते राति देखी परेको अविरल बर्षाको कारण २ जनाको मृत्यु १ जना घाइते
पहिरोमा परी १ जना बालिकाको मृत्यु :- मिति २०८१।०३।१२ गते अं.०२:१५ बजेको समयमा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ५ चितेपानी घुम्ती स्थित ऐ.ऐ. बस्ने प्रकाश रानाभाटको व्लक र टिनले बनेको ३ कोठे घरको पछाडी पट्टीको माटोको ढिस्को खस्न गई घरको पछाडी पट्टीको भाग भत्किएको भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का. शिसुवाकास्कीबाट प्रहरी
टोली खटिई गई उद्दार गर्दा कोठामा सुतेका २ जना (नातीनी र हजुरआमा) मध्ये नातिनी वर्ष १३ की आयुस्मा रानाभाट पहिरोले पुरी मृत अवस्थामा फेला परेकी र हजुरआमा वर्ष ७० की लालमाया बन्जारीलाई सकुसल उद्धार गरीएको, अवस्था सामान्य रहेको । उक्त घरमा राती २ जना मात्र सुतेको, घरको पछाडीको भागमा क्षती भएको ।
पहिरोमा परी १ जना बालकको मृत्यु १ जना महिला घाईते :- मिति २०८१।०३।१२ गते अं.०३:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटा स्थित ऐ.ऐ. बस्ने वर्ष ३१ को हरी सुनारको ढुङ्गा माटोले बनेको २ कोठाको कच्ची घर अविरल बर्षाको कारणले माथीबाट पहिरो आई भत्किएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल ई.प्र.का.
शिसुवा कास्कीबाट प्रहरी टोली खटिई गई घरमा सुतेका निज हरी सुनारको छोरा वर्ष ३ को अनमोल सुनार मृत अवस्थामा फेला परी उद्दार गरिएको, हरी सुनारको श्रीमती वर्ष २७ की रितु सुनार घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको, अवस्था सिरीयस रहेको, अन्य २ जना (हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार), सकुसल उद्दार गरिएको, घरमा पूर्ण रूपमा क्षती भएको ।
अबिरल बर्षाको कारण पृथ्वी राजमार्ग सडक भासिएको :- मिति २०८१।०३।१२ गते अं.०६:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ चाउथे आनन्द टोल स्थित घट्टे कुलोको पानी बाहव बढ्न गई पृथ्वी राजमार्ग सडक खण्ड भासिएको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का. रामबजारबाट प्रहरी टोली खटिइ गई बुझ्दा सडकको दायाँ साईड अं. ५ मिटर लम्बाई, अं. १.५ मिटर चौडाई सडक घट्टे कुलोको पानीले काटेर भत्काएको र उक्त स्थान देखी अं. १० मिटर अगाडी ऐ. स्थित सडक खण्डमा दायाँ तर्फको अं. ७ मिटर लम्बाई, अं. १ मिटर चौडाई भाँसिएर खसेको, सडक एकतर्फी सुचारू रहेको, अन्य मानविय क्षति नभएको ।
बर्षाको कारण घरमा पानी पसेको :- मिति २०८१।०३।१२ गते अं. ०६:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ गैरीखेत स्थितमा अबिरल वर्षाको कारण घरमा पानी पसी डुबानमा परेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई ऐ.ऐ. स्थित रहेको कुमार सुनारको घर र रेशम गुरूङको घरमा पानी पसी केही डुबानमा परेको, जनजीवनमा प्रभाव परेको अन्य मानवीय क्षती नभएको, प्रहरीले मोटर द्वारा पानी तानी उद्दार कार्य भई रहेको ।
बर्षाको कारण घरमा पानी पसेको :- मिति २०८१।०३।१२ गते अं.०३:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ बागमारा स्थित सिप्लिङ तारा टोलमा अबिरल बर्षाको कारण घरमा पानी पसी क्षति भएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बागमाराबाट प्रहरी टोली खटिई गई उद्दार कार्य गरेको, जनजीवन प्रभावित पारेको, अन्य मानविय क्षति नभएको ।
निम्न:-
ऐ.ऐ. बस्ने राम्जी बास्तोलाको व्लक र टिनले बनेको कच्ची घर भित्र पानी पसेको ।
ऐ.ऐ. बस्ने सुमन बि.क.को व्लक र टिनले बनेको कच्ची घर भित्र पानी पसेको ।
ऐ.ऐ. बस्ने बाबुराम बस्नेतको व्लक र टिनले बनेको कच्ची घर भित्र पानी पसेको ।







