पोखरा ६ बैदामका पुर्व वडाअध्यक्ष लामिछानेको निधन

-


     क्लिक गण्डकी     
     असार ८ गते २०८१ मा प्रकाशित


होमबहादुर लामिछाने

होमबहादुर लामिछाने

पोखरा, ७ असार/ पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम, स्कुलपाटन निबासी राजनीतिक, सामाजिक एबम शैक्षिक व्यक्तित्व होमबहादुर लामिछानेको निधन भएको छ । बिहीबार साँझ ९१ बर्षको उमेरमा निधन भएको हो ।

केहि वर्षदेखि उच्चरक्तचाप र सुगरका कारण पिडित लामिछाने करिब २ महिना अगाडी प्रेसरकै कारण गम्भीर बिरामी परेका थिए ।

नेपाली काँग्रेसको राजनीतिमा लामो समय सक्रिय लामिछाने पंचायती शासनकालमा पोखरा नगर पंचायतको निर्बाचनमा पोखरा –६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बनेर बिजयी भएका थिए । उनि सोहि वडामा तीन कार्यकाल वडाध्यक्ष बनेर काम गरेका थिए ।

उनले बैदाम क्षेत्रको शैक्षिक, सामाजिक सहित समग्र बिकासमा समेत योगदान गरे थिए । विभिन्न बिद्यालयको निर्माण र संचालन सहित अन्य सामाजिक काममा समेत लामिछानेको योगदान रहेको छ । उनि तालबराही माबीको अध्यक्ष भएर काम गरेका थिए ।

लामिछानेका दुई श्रीमती, ५ छोराहरु मध्ये धर्मबहादुर (सिंह) लामिछाने, सुनील लामिछाने र बिकास लामिछाने रहेका छन् । उनीकी जेठि श्रीमती र दुई छोरा कृष्णबहादुर र बिष्णुबहादुरको निधन भैसकेको छ । उनका तिन छोरीहरु लक्ष्मी, शोभा र शुसिला रहेका छन् । स्व. लामिछानेको अन्त्येष्टि शुक्रबार बिहान पोखराको शान्तिघाटमा गरिएको छ ।



Tags: