भद्रकाली मन्दिरका बाबा चेतनको निधन

-


     क्लिक गण्डकी     
     असार ६ गते २०८१ मा प्रकाशित


चेतन गिरी

चेतन गिरी

पोखरा, ५ जेठ/ जोगी बाबा चेतन गिरीको जस्तो सकारात्मक विचार र भावनालाई दैवलाई पनि लोभ लागेर होला धर्तीवाट मंगलबार विहान ७ बजे निधन भएको हो ।

जहाँ कसैको मृत्युले संसार रुवाउँछ, कसैको मृत्युले छिमेकीदेखि जिल्ला हुदै राष्ट्रलाई समेत रुवाउँछ । रुवाउँनुको पछाडि मृत्यु भएका व्यक्तिले गरेको व्यवहार र समाज प्रतिको माया ममताले उसलाई हरेकको आत्ममा राखि संझाउने गर्दछ । स्व.बाबाको मृत्युको खवरले पनि धेरै व्यक्तिको आँखा रसाएर आत्मामा जीवीत वनाइराखेको छ ।

भनिन्छ उच्च कोटीको पाकेको फल देख्दा कसको मन थामिन्छ र ? हो बाबा गिरी हामी सवैको बाबा वडा १२ र १३ कै बाबाको मृत्युले सवैलाई शोक मग्न बनायो । पोखरा वडा न १२/१३ स्थित भद्रकाली मन्दिरमा करिव २०५१ सालदेखी बस्दै आउनु भएको थियो ।

उनै बाबाको बुधवार मन्दिर व्यवस्थापन समितिका सदस्य, भद्रकाली विद्यालयका कर्मचारी, यस भेगका श्रद्धालु भक्तजनहरु, नागा बाबा साधु सन्तहरुको उपस्थितिमा नागा बाबा संस्कार परम्परा अनुसार रामघाटमा स्थित सेती नदिको किनारमा मंगलवार नै जल समाधीमा राखी अन्तिम संस्कार गरियो ।



Tags: