
see
पोखरा, १८ जेठ/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम भईरहेको जनाएको छ ।
अहिलेको कामको गति हेर्दा असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।





