सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

-


     क्लिक गण्डकी     
     वैशाख ४ गते २०८१ मा प्रकाशित


सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

पोखरा, ४ बैशाख/ सुजल फुड्स प्रालिले नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो ।

जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्ताले उपभोग गर्न पाउँछन् । विगतमा विदेशी चकलेटमा निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको ‘चोकोफन जोय’ चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिने जनाएको ।

वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण ‘चोकोफन जोय’ स्वादिष्ट छ । ‘चोकोफन जोय’ मुखमा राख्नन साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ ।

आकर्षक वर्गाकर आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको दाबी छ ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको ‘चोकोफन जोय’ को डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम रहेको छ । चम्किलो सुनौलो जोयको फन्टले ‘चोकोफन जोय’ को प्याकेजिङलाई अझ बढी उत्कृष्ट र आकर्षक देखायको छ ।

प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित ढंगमा देखाइएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ जार र बक्स दुबैमा उपलब्ध छ ।

‘चोकोफन जोय’ ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध रहेको छ । ‘चोकोफन जोय’ १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘चोकोफन जोय’ को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रविधिको प्रयोग गरी अटोमेटिक मेसिनरीबाट अति स्वस्थकर वातावरणमा उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

‘चोकोफन जोय’ को अनुपम स्वाद र मिठासले बालबालिका तथा युवा पुस्ताको जीवनको अभिन्न अंग बन्ने विश्वास कम्पनीले छ ।



Tags: