गण्डकी प्रदेशको दोस्रो पञ्चबर्षीय योनजा सार्वजनीक, यस्ता छन् योजना

-


     क्लिक गण्डकी     
     चैत्र १९ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशको दोस्रो पञ्चबर्षीय योनजा सार्वजनीक, यस्ता छन् योजना

गण्डकी प्रदेशको दोस्रो पञ्चबर्षीय योनजा सार्वजनीक, यस्ता छन् योजना

पोखरा, १९ चैत/गण्डकी प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधार पत्र सार्वजनिक गरेको छ । उत्पाकत्व बृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएको छ ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले लक्ष्य प्राप्तिका लागि ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्र पहिचान गरिएको बताए । त्यसका लागि आयोगले करिब १० खर्ब लागत सहित कृषि, पर्यटनलाई मुख्य आधार बनाएर योजना सार्वजनिक गरेको हो ।

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोच र उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्य निर्धारण गरिएको आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जानकारी दिए ।

योजनामा गुस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय बृद्धि, सामाजिक न्याय र गुणस्तरीय सेवा, सुशासन अभिबृद्धि गर्ने लगाएतका लक्ष्य समेटिएको उनले बताए ।

यस्तै उत्पादन तथा उत्पादकत्व र दिगो आर्थिक बृद्धि, मानव पुँजी निर्माण तथा न्यनयपूर्ण समाजको स्थापना लगायतका ८ समटिगत रणनीति र १४ प्राथमिक क्षेत्र तय गरिएको उपाध्यक्ष देवकोटाले बताए । योजनामा २०८०/०८१ मा १४ सय ९२ रहेको प्रतिव्यक्ती आय बढाएर अमेरिकी डलर दुई हजार पुर्र्याउने लक्ष्य राखिएको छ ।

दोस्रो पञ्चवर्षीय योजना आगामि आर्थिक वर्षबाट लागू गर्ने गरि आयोगले अन्तिम तयारी गरिरहेको उनले बताए । पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य प्राप्ती हुन नसकेका कारण केही योजना हेरफेर गदै बजेटसँग समायोजन गरेर उनले बताए ।

प्राथमिक क्षेत्रमा सर्वसुलभ स्वास्थ्य तथा जनसाङ्ख्यिक लाभ, शिक्षित, सुसंस्कृत तथा सीपयुक्त मानव पुँजी निर्माण, मर्यादित श्रम, उत्पादनशील रोजगारी तथा सामाजिक संरक्षण, दीगो तथा उत्थानशील पूर्वाधार, स्वच्छ उर्जा, जलस्रोत तथा खानेपानी व्यवस्थापन, सन्तुलित वातावरण र जलबायु तथा विपद् उत्थानशिलता परेका छन् ।

प्रदेश सरकारको लगानीमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना

१. कोरला–त्रिवेणी सडक विकास आयोजना
२. दरौंदी–चेपे करिडोर कृषि तथा पशुपन्छीजन्य उत्पादन र औद्योगिक विकास आयोजना
३. लोकाहाखोला औद्योगिक क्षेत्र पूर्वाधार विकास आयोजना
४. क्यान्सर, हृदय रोग तथा मृगौला रोग विशिष्टीकृत अस्पताल निर्माण आयोजना
५. एकीकृत प्रदेश तथ्यांक प्रणाली विकास कार्यक्रम
६. विश्वविद्यालय, विद्यालय तथा समुदाय साझेदारी कार्यक्रम
७. गण्डकी प्रविधि तथा नवप्रवर्तनशील शैक्षिक केन्द्र विकास आयोजना
८. प्रमुख टार कृषि तथा सिँचाइ विकास आयोजना
९. नदी जलाशय (नदी बहाव अवरोध संरचना) निर्माण आयोजना
१०. ऐतिहासिक लिगलिगकोट विकास आयोजना
११. स्याउ तथा नयाँ कृषि बाली विशेष कार्यक्रम
१२. नासोङ अर्गानिक कृषि विकास आयोजना
१३. अन्तर्राष्ट्रिय योग तथा ध्यान केन्द्र निर्माण आयोजना
१४. हिमाली तथा उच्च पहाडी ताल संरक्षण विकास आयोजना
१५. धार्मिक तथा ऐतिहासिक मनकामना–गोरखा बारपाक–भच्चेक –दूधपोखरी लिंकमार्ग निर्माण आयोजना

प्रदेश तथा स्थानीय तह साझेदारी कार्यक्रम

१. राउन्ड फेवा तथा भ्यू फेवा विकास आयोजना
२. जलासय तथा कृत्रिम ताल निर्माण आयोजना
३.कृषि तथा पशुपन्छी उत्पादन, विविधीकरण, औद्योगिकीकरण र बजारीकरण कार्यक्रम
४. लिड विद्यालय विकास तथा विस्तार आयोजना
५. त्रिवेणी गजेन्द्र मोक्षधाम वृहत्तर पर्यटकीय क्षेत्र विकास आयोजना
६. एकीकृत बस्ती विकास तथा सम्पदा संरक्षण आयोजना
७. ढोरपाटन क्षेत्र एकीकृत विकास आयोजना
८. चुमनुब्री एकीकृत विकास आयोजना
९. ऐतिहासिक राइनासकोट विकास आयोजना
१०. हनुमतधाम विकास आयोजना
११. फोहोरमैला प्रशोधन तथा स्यानिटरी ल्यान्डफिल साइट निर्माण र स्तरोन्नति आयोजना
१२. नयाँ विषय क्षेत्र (पर्यटन, अतिथि सत्कार, सूचना प्रविधि) मा प्राविधिक शिक्षा विस्तार कार्यक्रम
१३. वैकल्पिक पदमार्ग र पर्यटन पूर्वाधार, सेवा सुविधाको निर्माण, विस्तार तथा स्तरोन्नति आयोजना
१४. नमुना बस्ती विकास तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरण कार्यक्रम
१५. पर्यटकीय गन्तव्य पहुँच विन्दु तथा अन्तरस्थानीय तह जोड्ने सडक तथा पुल निर्माण आयोजना
१६. सरकारी तथा सार्वजनिक सम्पदा तथा जग्गा संरक्षण आयोजना
१७. युवा नवप्रवर्तन तथा उद्यमशीलता विकास कार्यक्रम
१८. आधुनिक टर्मिनल सहितको प्रादेशिक बसपार्क निर्माण आयोजना
१९. भीमसेन थापा स्मृतिपार्क तथा संग्रहालय निर्माण आयोजना

प्रदेश–संघ साझेदारी कार्यक्रम

१. नदी तटीय क्षेत्र– दरौंदी, चेपे, मस्र्याङ्दी, सेती–मादी, काली र आँधीखोला एकीकृत विकास आयोजना
२. विद्यावत सहर विकास आयोजना
३. धौवादी फलाम उत्खनन तथा प्रशोधन आयोजना
४. निर्यातयोग्य वस्तु उत्पादन तथा प्रवद्र्धन कार्यक्रम
५. पालुङटार, कलेस्ती उपत्यका, भोर्लेटार, लेखनाथ र बलेवा सहरी विकास आयोजना
६. व्यास क्षेत्र विकास कोष आयोजना
७. अजिरकोट–सिरानडाँडा–नायवपोखरी एकीकृत विकास आयोजना
८. व्यावसायिक कृषि तथा पशु विकास आयोजना
९. पुंडीटार औद्योगिक क्षेत्र विकास आयोजना
१०. उत्तरगंगा जलाशययुक्त विद्युत् आयोजना
११. कालीगण्डकी सभ्यता संग्रहालय निर्माण तथा सञ्चालन आयोजना
१२. पोखरा चक्रपथ निर्माण आयोजनाका
१३. मोदीवेनी धाम धार्मिक पर्यटकीय क्षेत्र विकास आयोजना
१५. टोड्के पर्यटकीय विकास आयोजना
१४. चापाकोट रामडाँडा पर्यटन विकास आयोजना
१६. ऐतिहासिक लोमान्थाङ सम्पदा क्षेत्र विकास आयोजना
१७. कार्बन व्यापार आयोजना

वैदेशिक सहयोगमा सञ्चालन हुने कार्यक्रम

१. टनेल र अन्य नयाँ प्रविधिमा आधारित द्रुत सडक निर्माण आयोजना
२. विशिष्टीकृत (मुटु, मृगौला र क्यान्सर रोग) प्रदेश अस्पताल
३. पदमार्गको विस्तार, स्तरोन्नति तथा वैकल्पिक पदमार्ग पहिचान, निर्माण र सञ्चालन
४. नयाँ क्षेत्र र विषय क्षेत्र प्राविधिक शिक्षा विस्तार कार्यक्रम
५. योजनाबद्ध, एकीकृत र व्यवस्थित स्याटेलाइट सहर निर्माण आयोजना (पृथ्वी र मध्यपहाडी लोकमार्ग करिडोर)
६. जलवायुमैत्री नमुना बस्ती विकास कार्यक्रम
७. पोखरा लेक टु लेक तथा केभ टु केभ साइकल मार्ग निर्माण आयोजना
८. माइस पर्यटनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण आयोजना
९. ग्रेट माछापुच्छ्रे ट्रेल तथा अन्नपूर्ण आधार शिविर पदमार्ग विकास आयोजना

सार्वजनिक–निजी साझेदारी कार्यक्रम

१. आइसिटी इनोभेसन ल्याब विकास कार्यक्रम
२. कृषि, वन र जडिबुटीजन्य उत्पादन तथा प्रशोधन उद्योग सञ्चालन कार्यक्रम
३. साहसिक पर्यटन पूर्वाधार तथा सुविधा विकास तथा विस्तार आयोजना
४. सुविधा सम्पन्न बस टर्मिनल तथा भेहिकल सर्भिसिङ केन्द्र निर्माण आयोजना
५. बाख्रा तथा भेडा मूल्य शृंखला विकास आयोजना
६. माइस पर्यटन तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र र प्लानेटोरियम आयोजना

निजी क्षेत्रको लगानी सञ्चालन हुने कार्यक्रम तथा आयोजना

१. साहसिक पर्यटन पूर्वाधार विकास तथा विस्तार आयोजना
२. विरेठाँटी–मुक्तिनाथ–केबलकार आयोजना
३. बागलुङ बजार भकुण्डे–भैरवस्थान केबलकार आयोजना
४. पोखरा–पुम्दीकोट केबलकार आयोजना
५. दुलेगौंडा–ढोरबाराही केबलकार आयोजना
६. पोखरा महाप्रभुधाम पर्यटन प्रवद्र्धन आयोजना“