पोखराको बिरौटामा एसआर मार्टको शाखा

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०८० मा प्रकाशित


पोखराको बिरौटामा एसआर मार्टको शाखा

पोखराको बिरौटामा एसआर मार्टको शाखा

पोखरा, ११ चैत/ युवा व्यवसायी राजु भुवाइँले एसआर मार्ट प्रालिको शाखा विरौटामा सञ्चालनमा ल्याएका छन् । पोखराको घारी पाटनमा सञ्चालनमा रहेको एसआर मार्टको पहिलो शाखा बिरौटामा सञ्चालनमा ल्याएका हुन् ।

चैत ११ गते फागु पूर्णिमाको अवसरमा मार्टको औपचारिक शुभारम्भ गरिएको हो । मार्टबाट दैनिक उपभोग्य, ग्रोसरी तथा खाद्यान्न लगायत सामग्री बिक्री वितरण सुरु भएको छ ।

मार्टले होम डेलिभरी सुविधा समेत पोखरा भर उपलब्ध गराउँदै आइको उनले बताए । होलसेल मूल्यमा सामानहरु उपलब्ध रहेको भुवाइँले जानकारी दिए ।

उनले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा अन्य ठाउँहरुमा स्टोर बिस्तार गर्ने बताए ।