बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र १ गते २०८० मा प्रकाशित


बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु

गाडी दुर्घटना

विराटनगर, १ चैत/ उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेरो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सुनसरीबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको हो ।

मृत्यु हुनेमा चालक हतुवागढी गाउँपालिका–२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका –९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० बर्षीया राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको घटनास्थलमा मृत्यु भएको हो ।

हतुवागढी गाउँपालिका –५ का ४२ बर्षीय किसान राईको धरानको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका ५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० बर्षीया मिनु राई, सोही स्थानकी ३६ बर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ बर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ बर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्षीया सबिना परियार, ईटहरी–१७ सुनसरीकी ३४ बर्षीया गायित्री कट्वाल, उनकै ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी–१७ की २९ बर्षीया रमा थापाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारुी दिए ।



This will close in 10 seconds