राप्रपा गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन खनाल बिजयी

-


     क्लिक गण्डकी     
     असाेज २२ गते २०८३ मा प्रकाशित


राप्रपा गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन खनाल बिजयी

राप्रपा गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन खनाल बिजयी

पोखरा, २२ असोज/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन खनाललाई निर्बाचित भएका छन् । अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका गण्डकी प्रदेश सभाका सदस्य समेत रहेका निबर्तमान सभापति पञ्चराम गुरुङलाई २५ मतले पराजित गर्दै खनाल निर्वाचित भएका हुन्।

खनालले १ सय ८९ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी गुरुङले १ सय ६४ मत प्राप्त गरे । दोस्रो अधिबेशनमा ४ सय २८ मतदाता रहेको अधिवेशनमा ३ सय ६० जनाले मतदान गरेका थिए । त्यस मध्ये ७ मत बदर भएको थियो ।

अध्यक्षमा निर्वाचित खनाल राप्रपाका केन्द्रीय सदस्य एबम केन्द्रीय पर्यटन विभागका सदस्य समेत हुन् । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा खनालले कास्की–३ बाट उमेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । यसैगरी यस अगाडी राप्रपाको गण्डकी प्रदेशको अध्यक्ष रहेका गुरुङ प्रदेश सभामा राप्रपाका संसदीय दलका नेता समेत हुन् । उनले गण्डकी प्रदेश अध्यक्षका रूपमा चार वर्षको कार्यकाल पूरा गरेका थिए ।

पार्टीको दोश्रो प्रदेश अधिवेशनबाट ४१ सदस्यीय प्रदेश कार्यसमिति चयन सर्वसम्मत निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिमा अशोक गुरुङ, अर्जुन बस्नेत, इन्द्रबहादुर मल्ल, कृष्णकुमार तिवारी, किशोर खरेल, गोविन्द पुन, डम्बरबहादुर सुवेदी, दीपक भण्डारी, दीपकराज उपाध्याय, दुर्गाबहादुर मल्ल, पूर्णबहादुर थापा क्षेत्री, प्रभू गुरुङ, कुलमाया कामी, बिन्दु मल्ल, हिमराज भण्डारी, मदन परियार, मनीष केसी, यामबहादुर बराल, रमेशराज पाण्डेय, रामनाथ उप्रेती, समीक्षा बुढाथोकी थापा र शान्ति हमाल छन् । सुशीला सापकोटा थापासहितका सदस्यहरु पनि निर्वाचित भएका छन् ।

पार्टीको बिधान अनुसार अध्यक्षले कार्यसमितिको बाँकी २५ प्रतिशत सदस्य मनोनीत गर्ने छ । प्रदेश कार्यसमितिमा अध्यक्षसहित तीन उपाध्यक्ष रहने व्यवस्था छ । त्यसमध्ये एक उपाध्यक्ष महिला हुनेछन् । सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष र प्रवक्ता अध्यक्षले मनोनीत गर्ने ब्यबस्था विधानमा गरिएको छ ।