नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

-


     क्लिक गण्डकी     
     असाेज ८ गते २०८३ मा प्रकाशित


नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा, ८ असोज/ नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् ।

बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी सन्तोष पौडेलले ३ सय १७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरे । महानगर समितिको सभापति एवम् पदाधिकारीको निर्वाचनमा १ हजार ४ सय ४८ मतदाता रहेकामा १ हजार ३ सय ४१ मत खसेको थियो ।

सभापति पदका लागि कांग्रेसको पोखरा महानगर समितिका वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव गणेशबहादुर थापा र पोखरा–६ का निवर्तमान वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा उत्रिएका थिए ।

महानगर कार्यसमितिको उपसभापति पदमा ९ सय २० मत प्राप्त गर्दै किर्तिबल्लभ त्रिपाठी विजयी भएका छन् । उनका प्रतिस्प्रधी मिनप्रसाद भट्टराईले ३ सय ३१ मत प्राप्त गरे । समितिको महिला उपसभापति पदमा सुजिता तामाङ र अम्बिका ढुंगानाको बीचमा प्रतिस्पर्धा भएको थियो । महिला उपसभापति पदमा सुजिताले ६ सय ८२ मत पाएर विजयी हुँदा ढुंगानाले ६ सय ८ मत प्राप्त गरिन् ।

कांग्रेस महानगर समितिको सचिव पदमा धनन्जय पौडेल निर्विरोध निर्वाचित भए । सहसचिव पदमा दामोदर पराजुली र थानेश्वर तिवारीको बीचमा प्रतिस्पर्धा भएको थियो । पराजुलीले ७ सय १३ मत पाएर विजयी भएका छन् भने तिवारीले ५ सय ६० मत प्राप्त गरे । नेपाली कांग्रेसको पोखरा महानगर समितिका अन्य पदमा भने निर्विरोध निर्वाचन भए ।