पोखरामा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८३ मा प्रकाशित


पोखरामा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

पोखरामा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

पोखरा, २४ भदौ/ पोखरामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। पोखरा–बुद्धचोकमा दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । घाइते चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

मृत्यु हुने मोटरसाइकल चालकको हालसम्म पहिचान खुल्न सकेको छैन । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।