पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम विजयी (कस्को कति मत)

-


     क्लिक गण्डकी     
     भाद्र २२ गते २०८३ मा प्रकाशित


शोभा गौतम

शोभा गौतम

पोखरा, २२ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् ।

गौतमले ७ सय ५१, पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व पाएको छ ।

यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् । गौतम सदस्य, महासचिव हुदै अध्यक्ष भएकी छन् । नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो । उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।

संघको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोलाले १४ सय ८१ मत ल्याउदै विजयी भए भने टिकाराम सुबेदीले ७ सय ६० मत प्राप्त गरे । महासचिबमा सुदिप प्रधानाङ्गले १ हजार २ सय २ मत ल्याउदा तारानाथ ढुंगानाले १ हजार ४२ मत प्राप्त गरे । संघको उद्योग तर्फको उपाध्यक्ष्मा सौगात थापाले १ हजार २ सय ७१ मत प्राप्त गर्दा ललित बहादुर कुँबरले ९ सय ७३ मत प्राप्त गरे ।

बाणिज्य तर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ १ हजार ६५ मत प्राप्त गदै विजयी बन्दा भीम गौतमले ९ सय १९ मत प्राप्त गरे । कोषाध्यक्षमा देबेन्द्र प्रजुले १ हजार ४ सय ३९ मत ल्याउदै विजयी भए भने जिबनप्रकाश श्रेष्ठले ७ सय ७७ मत प्राप्त गरे । उपमहासचिबमा प्रदीप राजभण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गदै विजय बने भने यादव प्रसाद पोखरेलले ६ सय ५८ मत र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरे ।

खुला सदस्यतर्फ १० जना चाहिनेमा १३ जनाको उम्मेदवारी परेको थियो । खुला सदस्यमा दुर्गा बरालले १ हजार ७ सय ४८ मत, अमृत पोखरेलले १ हजार ७ सय ३१ मत, निर्मला चापागाई १ हजार ५ सय ८०, गोविन्दबहादुर केसी १ हजार ४ सय ८७ मत, रामेश्वर अधिकारी १ हजार ४ सय ७७, मनोहरी पौडेल १ हजार ४ सय ७६, भानुभक्त अधिकारी १ हजार ४ सय ७६ दिलीपकुमार श्रेष्ठ १ हजार ४ सय ४७ मत, रामप्रसाद कँडेल १ हजार ४ सय ३५ मत र कमल बहादुर सुनार १ हजार ४ सय २४ मत प्राप्त गर्दै विजयी भए ।

नबिन नापीतले १ हजार ३ सय ४३, हरिप्रसाद अधिकारी १ हजार ३ सय ४३ र सूर्यराज घिमिरे १ हजार ३ सय ३ मत प्राप्त गरे ।



Tags: