पोखरामा जुवातास खेल्दै गरेका ५ जना पक्राउ, ७७ हजार बढी नगद बरामद

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ९ साउन/ कास्की प्रहरीले पोखरा महानगरपालिका–५ पर्स्याङबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ करिब ७ बजे पर्स्याङको एक घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले जुवातास खेल्ने तथा खेलाउने ५ जनालाई ७७ हजार १ सय ४५ नगद र ४१६ पत्ति तास सहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका माथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।