अवैध माटो उत्खननमा प्रयोग भएका स्काभेटर सहित ४ सवारी नियन्त्रण, ७५ हजार रुपैयाँ जरिवाना

-


     क्लिक गण्डकी     
     श्रावण ८ गते २०८३ मा प्रकाशित


अवैध माटो उत्खननमा प्रयोग भएका स्काभेटर सहित ४ सवारी नियन्त्रण, ७५ हजार रुपैयाँ जरिवाना

अवैध माटो उत्खननमा प्रयोग भएका स्काभेटर सहित ४ सवारी नियन्त्रण, ७५ हजार रुपैयाँ जरिवाना

पोखरा, ८ साउन/ कास्की प्रहरीले पोखरा महानगरपालिका–२६, विजयपुर क्षेत्रमा अवैध रूपमा माटो उत्खनन गरिरहेको अवस्थामा एक स्काभेटर (जेसीबी) र तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ साउन ७ गते दिउँसो करिब २ः३० बजे अवैध प्राकृतिक दोहन भइरहेको सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यहाँ माटो लोड गरिरहेको अवस्थामा स्काभेटर र तीन वटा टिप्पर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिकाले घटनामा संलग्न सवारीसाधनमाथि रु। ७५ हजार जरिवाना गरी छाडेको जनाएको छ।

नियन्त्रणमा परेका सवारीसाधनहरूमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिप्पर, बा १ क ८१७७ नम्बरको टिप्पर र लु १ ख २९२० नम्बरको टिप्पर रहेका छन्।

प्रहरीले नदीजन्य पदार्थ तथा माटोको अवैध उत्खनन र प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।