पोखरामा विशेष चेकिङ, गलत साइडबाट सवारी चलाउने ५६ चालक कारबाहीमा

-


     क्लिक गण्डकी     
     असार १६ गते २०८३ मा प्रकाशित


पोखरामा विशेष चेकिङ, गलत साइडबाट सवारी चलाउने ५६ चालक कारबाहीमा

पोखरामा विशेष चेकिङ, गलत साइडबाट सवारी चलाउने ५६ चालक कारबाहीमा

पोखरा, १६ असार/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मंगलबार सञ्चालन गरेको पोखरामा विशेष ट्राफिक चेकिङ अभियानमा गलत साइडबाट सवारी चलाउने ५६ जना चालकलाई कारबाही गरेको छ।

बढ्दो सवारी चापका बीच गलत लेन तथा गलत साइड प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी सडक सुरक्षा कायम गर्ने उद्देश्यले विशेष चेकिङ सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सही लेन प्रयोग गर्न तथा आफ्नो र अरूको सुरक्षालाई ध्यानमा राखेर सवारी सञ्चालन गर्न आग्रह गरेको छ। गलत साइडबाट सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई निरन्तर निगरानी र कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र दुर्घटना न्यूनीकरणका लागि यस्ता विशेष चेकिङ अभियान आगामी दिनमा पनि निरन्तर दिने प्रहरीले जानकारी दिएको छ ।

photo by AI