
जुवा तास
पोखरा, २३ वैशाख/ कास्की प्रहरीले महानगरपालिका वडा नम्बर १३ काँहुखोला स्थित एक खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा १० जना व्यक्तिहरू पक्राउ गरेको छ ।
वैशाख २२ गते अपराह्न करिब ४ बजे जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले छापा मारी १० जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ७७ हजार १ सय ८० र ८९९ पत्ती ताससहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





