कास्की प्रहरी प्रमुख नवीन कार्की चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा

-


     क्लिक गण्डकी     
     वैशाख ७ गते २०८३ मा प्रकाशित


कास्की प्रहरी प्रमुख नवीन कार्की चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा

कास्की प्रहरी प्रमुख नवीन कार्की चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा


पोखरा, ७ वैशाख/ नेपाल प्रहरी अन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले कास्कीका प्रहरी उपरीक्षक एसपी नवीन कार्कीलाई चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कारबाट सम्मानित गरेको छ।

एसपी कार्कीले आफ्नो जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ र व्यावसायिक ढंगले निर्वाह गर्दै गरेको भन्दै सम्मान गरेको हो । पोखरामा भएको सृजना पौडेल केसीको हत्यामा अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उत्कृष्ट प्रहरी सम्मान गरेको प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए ।

कार्कीले सम्पादन गरेको कार्य सर्वोत्कृष्ट रहेको पाइएकाले निजबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन गरी २०८२ साल चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी नगद र प्रमाण पत्र सहित पुरस्कृत उनले बताए ।



Tags: