पोखरामा जुवातास खेलिरहेका ९ जना डलर सहित पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख ६ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ६ बैशाख/ पोखरा महानगरपालिका वडा २६ बराल डाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो।

प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख १९ हजार ४३५, अमेरिकी डलर १३४ तथा ४ बुक तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत “जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने” मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।



Tags: