
जुवा तास
पोखरा, ४ वैशाख/ पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकस्थित हिमालीटोलबाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विहीबार जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ६०, अमेरिकी डलर ११२, अष्ट्रेलियन डलर २४० तथा ४ बुक तास बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





