
अफलाइन पठाओ तथा इनड्राइभ सञ्चालन गर्ने १३ जना पोखराबाट पक्राउ
पोखरा, ३ वैशाख/ पोखरा महानगर क्षेत्रमा अफलाइन रूपमा पठाओ तथा इनड्राइभ सञ्चालन गरी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा १३ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पठाओ तथा इनड्राइभमा आबद्ध रही वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गर्दै यात्रुसँग तोकिएको भन्दा बढी भाडा उठाउने, ठगी गर्ने तथा अनावश्यक दुःख दिने गरेको सूचनाका आधारमा कारबाही गरिएको कास्की प्रहरी प्रवक्ता हरीबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू
१ विष्णु बहादुर नेपाली, स्याङ्जा हाल आलुमैला चोक, वडा नं ८
२ राजन परियार, ३६, छोरेपाटन, वडा नं १७
३ लिल बहादुर गुरुङ, ४६, गौडाको मुख, वडा नं १३
४ प्रबिण थापा, २२, निर्मलपोखरी, वडा नं २१
५ नवीन थापा, ३१, तनहुँ हाल बिरौटा, वडा नं १७
६ दिपक कुमार गुरुङ, रामबजार, वडा नं १५
७ अम्मर बहादुर महतरा, ५४, रामबजार, वडा नं १४
८ माधव कुईकेल, रुपा गाउँपालिका–७
९ बुद्धि बहादुर विक, मादी गाउँपालिका–७
१० बिक्की लामा, बिरौटा, वडा नं १७
११ कृष्ण कुमाल, भानु नगरपालिका–७, तनहुँ
१२ मिन बहादुर थापा, गोरखा हाल वडा नं १३
१३ कृष्ण बहादुर गुरुङ, २३, वडा नं १३,





