फेवातालको मापदण्डमा परेको जनताको अधिकार सुनिश्चित गर्न नागरिक समाजको माग

-


     क्लिक गण्डकी     
     वैशाख ३ गते २०८३ मा प्रकाशित


फेवातालको मापदण्डमा परेको जनताको अधिकार सुनिश्चित गर्न नागरिक समाजको माग

फेवातालको मापदण्डमा परेको जनताको अधिकार सुनिश्चित गर्न नागरिक समाजको माग

पोखरा, ३ बैशाख/ नागरिक समाज कास्कीले फेवातालको मापदण्ड कार्यान्वयन गर्दा प्रभावित जनताको अधिकार सुनिश्चित गर्न तीनवटै सरकारसमक्ष माग गरेको छ ।

समाजले बिहीबार फेवाताल किनारको सरसफाई कार्यक्रम गर्दै स्थानीय बासिन्दा, आदिवासी समुदाय तथा सरोकारवालाको हितलाई ध्यानमा राखेर न्यायोचित समाधान गर्न सरकार सगँ माग गरेको छ ।

मापदण्डका कारण प्रभावित जनतालाई जग्गाको सट्टा जग्गा वा प्रचलित मूल्यअनुसार मुआब्जा उपलब्ध गराउन पनि माग गरिएको छ। त्यस्तै, फेवा किनारमा बसोबास गर्दै आएका आदिवासी जलारी, भुजेल र गुरुङ समुदायलाई आफ्नै थातथलोमा बस्न सक्ने व्यवस्था मिलाउन पनि सरकारसँग अनुरोध गरिएको छ।

नागरिक समाजले खपौंदी, ढल्केबर तथा भकुण्डे क्षेत्रमा विगतदेखि भोगचलन गर्दै आएका जग्गाको उचित मुआब्जा दिनुपर्ने बताएको छ ।

मापदण्ड कार्यान्वयनका क्रममा सर्वप्रथम ऊर्जा मन्त्रालयसँग सम्बन्धित संरचना हटाउन र त्यसपछि क्रमशः अध्यागमन, पर्यटन बोर्ड, शिक्षा महाशाखा, प्रहरी गण तथा मत्स्य अनुसन्धान कार्यालय हटाउनुपर्ने माग गरिएको छ।

समाजले मापदण्ड कार्यान्वयन गर्दा मानवअधिकारको गम्भिरतापुर्वक पालना गर्न पनि सरकारलाई आग्रह गरेको छ।