
पोखरामा गुडिरहेको बसमा आगलागी
पोखरा, १ बैशाख/ पोखरा २२ पुम्दीभुम्दीमा गुडिरहेको बसमा आगलागी भएको छ । पोखरा २२ पुम्दीभुम्दी स्थित ठूलाडिही भन्ने ठाउँमा ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । बाग्लुङबाट स्याङजा वालिङको लागि छुटेको बस पोखरा आइपुगेपछि आगो लागेको हो ।
बसमा आगोलागी भएको भन्ने खबर पाउना साथ वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी नमराज भट्टराईको कमाण्डमा १५ जनाको टोली खटिएको थियो । बसमा ४० जना यात्रु सेवार रहेको बताइएको छ । गाडी जलेर ठूलो क्षति भएको बताइएको छ । घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।





