फेवातालको चार किल्लाभित्रको जग्गाको अध्ययन गर्न समिति बन्यो

-


     क्लिक गण्डकी     
     चैत्र २३ गते २०८२ मा प्रकाशित


फेवाताल

फेवाताल

पोखरा, २३ चैत/ सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको अहिलेको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिले फेवातालको चार किल्ला सिमाना भित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने छ । फेवातालको क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलगरी अभिलेखीकरण कार्य गर्नेछ ।

ताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था, दर्ता स्थिति र प्रयोगको अवस्थाबारे अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।

समितिलाई ताल क्षेत्रफलभित्रका सबै कित्ताको एकिन विवरण सहित प्रतिवेदन तयार पारी पेस गर्न ७ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ ।



Tags: