
जुवा तास
पोखरा, २२ चैत/ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।
शनिबार पोखरा महानगरपालिका वडा नं. १४ स्थित चाउथे क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने–खेलाउने ८ जनालाई पक्राउ गरेको हो ।
उनीको साथबाट २ लाख ३३ हजार ५ सय र ४ बुक तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू माथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता सम्बन्धी कसूर अन्तर्गत जुवा खेल वा सट्टेबाजी गर्न नहुने मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।





