दाउन्नेमा तीन सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ घाइते

-


     क्लिक गण्डकी     
     चैत्र १४ गते २०८२ मा प्रकाशित


दाउन्नेमा तीन सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ घाइते

दाउन्नेमा तीन सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ घाइते

नवलपुर, १४ चैत/ नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको प्रहरीले जानकारी दिए छ।

रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन सकेको छैन । मृतक तीनै जना पुरुष हुन् ।
दुर्घटनामा १५ जना घाइते भएका छन् ।

राति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो ।