
पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ,‘हेलचक्क्राई गरी ज्यान मारेको’ अभियोग
पोखरा, १४ चैत/ प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको छ । उनीहरुलाई ‘हेलचक्क्राईं गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको हो ।
जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो । त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो ।
प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो ।
मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ । हेलचेक्राईपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।





