
कास्की १ मा रास्वपाका खडकराज पैडेल ९गनेश० का विजयी कस्को कति मत सहित
पोखरा, १३ चैत/ पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । यसअघि कास्कीबाट रविन्द्र अधिकारी पर्यटनमन्त्री बनेका थिए । अहिले फेरि पोखरा नयाँ पर्यटनमन्त्रीको रुपमा कास्कीबाट चुनाव जितेका खडगराज (गनेस) पौडेल नियुक्ती भएका छन् ।
बालेन सरकारमा गण्डकी प्रदेशबाट पर्यटन तथा संस्कृतीमन्त्रीमा पौडेल नियुक्त भएका छन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका तिलक बहादुर रानााभाटलाई पराजित गर्दै ३९ हजार ८ सय ८३ मत ल्याएर विजयी भएका थिए । २०३६ सालमा पोखरा महानगरपालिका १४, मझेरीपाटनमा जन्मिएका पौडेलले पर्यटकीय शहरकै पर्यटनमन्त्री बन्ने अवसर पाए ।
उनी लेखक तथा साहित्यकार पनि हुन् । उनले मुसा मानुष र पैतला किताब लेखेका छन् । उनले २०७९ मा स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा लौरो चुनाव चिन्ह्र लिएर स्वतन्त्रहरुमा उमेद्वारी दिएका थिए ।
तर उनी ५ हजार १२८ मत ल्याएर धनराज आर्चायसँग पराजित भए । उनी बालेन रास्वपा पार्टी प्रवेश गर्दा केन्द्रीय सदस्य बनेर उनले कास्की १ बाट टिकट पाए र चुनाव पनि जिते ।
उनी संसद बन्नुअघि आफूलाई लेखक र अभियन्ताको रुपमा परिचित गराउन रुचाउँथे । पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेका पौडेलले करिब १५ वर्ष शिक्षण पेशा गरे ।
स्थानीय तहमा पराजित भएका पौडेल प्रतिनिधिसभामा छलाङ मार्दै मन्त्री बन्न सफल भए । उनी स्थानीय तहको चुनावपछि बालेन शाहसँग नजिकिएका थिए । अब उनले आफूले जितेकै क्षेत्रमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल सुधारमा काम गर्नुपर्ने चुनौति छ ।
पोखरामा पठन संस्कृति प्रवद्र्धन गर्ने संस्था ¥यान्डम रिडर्स सोसाइटीका परिकल्पनाकार तथा पुर्व अध्यक्ष समेत हुन् ।





