२१औं खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको उपाधि भारतका अक्षय र चाइनाका झाउलाई

-


     क्लिक गण्डकी     
     चैत्र ८ गते २०८२ मा प्रकाशित


२१ औं खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउलाई

२१ औं खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउलाई

पोखरा, ८ चैत/ नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१ औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउ चेनले जितेका छन् ।

पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दै समान ७ अंक सहित दुबै जनाले प्रथम स्थान हासिल गर्न सफल भए ।

भारतका इमान रम्तेल ८ अंकका साथ तेश्रो भए । नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउदै प्रर्दशनका आधारमा परियार छैटौ र जलारी सातौं स्थानमा आउन सफल भए ।

महिला एकलतर्फको विधामा चीनकी कोङ सियाङ यान प्रथम भइन् । नेपालकी दुर्गा माया गुरुङ दोस्रो, भारतकी श्रेयशी तामाङ तेस्रो भए । त्यसै गरी नेपाली तर्फको विधामा पुरुषतर्फ पवन परियार र अरुण जलारी समान ११/११ अंकका साथ पहिलो र रिखि पोडे १२ अंकका साथ तेश्रो भए । महिलातर्फ दुर्गा माया गुरुङ पहिलो, इशा राई दोस्रो र कृषु पौडेल तेस्रो भएको नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष अनिल केसीले जानकारी दिए ।

त्यसै गरी गण्डकी प्रदेश स्तरियमा छनौट प्रतियोगिताबाट पवल परियार, अरुन जलारी र रिखि पौडेल छनौट भए । त्यसै गरी महिला तर्फ गण्डकीको टिमको लागि दुर्गामाया गुरुङ र कृषु पौडेल छनौट भए । छनौट भएका खेलाडीलाई जनही नगद १०/१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।



Tags: