
बिना गुरुङ
पोखरा, २३ फागुन/ कास्की ३ मा रास्वपा उम्मेद्वार बिना गुरुङ विजयी भएकी छन् । उनले २४ हजार ९ सय ७० मत अन्तरले विजयी भइन् ।
बिनाले ३७ हजार ७ सय ५० मत ल्याउदा निकटतम प्रतिश्पर्धी नेपाली काग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९ सय ६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत ल्याएका छन् । राप्रपाका अर्जुन खनालले १ हजार ४ सय ६ मत ल्याए ।
फागुन २१ गते सम्पन्न मतदानमा १ लाख ७ हजार मतदाता मध्ये ६५ हजार ४ सय ७ मत खसेको थियो ।







