
स्विफ्ट होलिडेका युरो सिक्स मापदण्डको लक्जरी बस पोखरा–काठमाडौं चल्ने
पोखरा, १२ फागुन/ अटोवेज प्राइभेट लिमिटेडले बी एस सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बसबाट पोखरा काठमाडौं सेवा सुरु गर्ने भएको छ ।
युरो सिक्स मापदण्डका सवारी साधनले नेपालमा वातावरणमैत्री यातायात प्रणाली तर्फको महत्पूर्ण कदमको प्रतिनिधित्व गर्ने अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले बताए । युरो सिक्स मापदण्डका सवारी साधनले कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि, इन्धन दक्षता तथा उच्च सुरक्षा सुविधा रहेको उनको दावी छ ।
गुणस्तरीय, सुरक्षित र आरामदायी यात्रा सेवालाई अझ परिष्कृत बनाउन यो लक्जरी बस उत्कृष्ट हुने स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपालले बताए । करिब ४० वटा सवारी साधनहरूबाट सेवा दिदै आएको उनले बताए ।
कम्पनीले अहिले ६ वटा बसबाट थप सेवा विस्तार गर्ने छ । अध्यक्ष पौडेलका अनुसार राज्यले बनाएको नीति अनुसार १० वर्षसम्म बिक्री गर्न नपाउने र ४० सिटको मापदण्डमा रहेर बस नेपालमा ल्याएका सुनाए ।
उनले अनुसार बसको मूल्य १ करोड ३० लाख रहेको छ । ति बसबाट पोखरा, काठमाडौं, चितवन र लुम्बिनीमा दिवा र रात्रीकालीन सेवा सुरु गर्ने उनले बताए । पोखरा–काठमाडौं, काठमाडौं–पोखरा यात्रा गर्दा प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडादर कायम गरेको छ ।





