फेवातालमा डुङ्गा चालकहरूको मापसे तथा लापसे चेकजाँच, ५ जना नियन्त्रणमा

-


     क्लिक गण्डकी     
     फागुन १० गते २०८२ मा प्रकाशित


फेवातालमा डुङ्गा चालकहरूको मापसे तथा लापसे चेकजाँच, ५ जना नियन्त्रणमा

फेवातालमा डुङ्गा चालकहरूको मापसे तथा लापसे चेकजाँच, ५ जना नियन्त्रणमा

पोखरा, १० फागुन/ सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित फेवातालमा सञ्चालनमा रहेका डुङ्गा चालकहरूसँग अन्तरक्रिया तथा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू औषध सेवन) सम्बन्धी चेकजाँच गरिएको छ।

चेकजाँचका क्रममा ४५ जना डुङ्गा चालकहरूको परीक्षण गर्दा ४ जनाले लागू औषध सेवन गरेको तथा १ जनाले मादक पदार्थ सेवन गरी डुङ्गा सञ्चालन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

मापसे तथा लापसे गरेको पुष्टि भएका ५ जना डुङ्गा चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नबीन कार्कीले डुङ्गा चालकहरूसँग सचेतनामूलक अन्तरक्रिया गरेका थिए ।