
प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली आभा आहा राराको सेमिफाइनलमा
पोखरा, ५ फागुन/ उज्वेकिस्तानी टोली आभा फुटबल क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्लानिङ ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।
खेलको ५६ औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै अग्रता सेमिफाइनलमा जावलाखेलसँगको भेट पक्का गरे।
जितसंगै आभाले सेमिफाइनलमा फागुन ७ गते जावलाखेलको सामना गर्नेछ ।
यस्तै प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार आयोजक सहारा क्लब र मनाङ मर्स्याङ्दी भिड्दै छन् ।





