मनाङ मस्याङदी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

-


     क्लिक गण्डकी     
     फागुन ४ गते २०८२ मा प्रकाशित


मनाङ मस्याङदी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

मनाङ मस्याङदी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा, ४ फागुन/ २५औं आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्याङदी क्लब सेमिफाइलनमा प्रबेश गरेको छ ।

मनाङ मस्याङदी क्लबले पाउना टोली थण्डबोल्ड नर्थ युनाईटेड सिक्किमलाई १–० गोलले हराउदै सेमिफाइनलमा आयोजक सहारा सँगको भेट पक्का गरेको हो ।

निधारी ९० मिनेटका खेलमा गोल रहित बराबरी भएको पछि खेल थप समय गएको थियो । मनाङ मस्याङदीका लागि खेलको १ सय ५ औं मिनेटमा आशिष श्रेष्ठले गोल गरे ।

मनाङ मस्याङदी क्लबले फाइनल प्रबेशका लागि फागुन ८ गते आयोजक सहारा क्लब सँग खेल्ने छ । मंगलबार आभा फुटलब क्लब उज्वेकिस्तान र प्लानिङ ब्वाइज युनाइटेड बिच खेल हुनेछ ।

प्रतियोगिताको विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।



Tags: