
जाउलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा, ३ फागुन/ २५औं आहा रारा पोखरा गोल्डकपमा जाउला खेल युथ क्लब सेमिफाइलनमा प्रबेश गरेको छ । जाउलाखेल युथ क्लबले चर्च व्वाईज क्लबलाई ३–० गोलले हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो ।
खेलको ४८ औ मिनेटमा धर्मेन्द्र कुँबरले जाउलाखेलका लागि गोल गरे । चर्च व्वाईजका गोलकिपर दिप कार्कीको हातबाट फुत्किएको बललाई कुँबरले गोलमा परिणत गरे । खेलको ८८ औ मिनेटमा निकोलस हेमाल्टोन र इन्जिरी समयमा सुजन गुरुङले गोल गरे ।
जाउलाखेल युथ क्लबले फाइनल प्रबेशका लागि फागुन ७ गते आभा फुटलब क्लब उज्वेकिस्तान र प्लानिङ ब्वाइज युनाइटेडको विजेता सँग खेल्ने छ ।
सोमबार मनाङ मस्याङदी क्लब र थण्डबोल्ड नर्थ युनाईटेड सिक्किम बिच खेल हुनेछ । प्रतियोगिताको विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।






