पोखराको लालीगुराँस फुटलब क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रबेश

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०८२ मा प्रकाशित


पोखराको लालीगुराँस फुटलब क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रबेश

पोखराको लालीगुराँस फुटलब क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रबेश

पोखरा, २६ माघ/ आयोजक धरान फुटबल क्लबलाई हराउ पोखराका लालीगुराँस फुटबल एसोसियसन क्लब २६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पोखराको लालीगुराँस फुटबल एसोसियसन क्लब पोखराले पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक टिमलाई हरायो ।

धरान रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा धरानका कप्तान दोर्जे तामाङको प्रहार लालीगुराँसका गोलकिपर कुम्ब देउवाले रोकेपछि लालीगुराँसले सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

देउवाले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार जिते । धरानका नगेन राई, प्रज्वल थापा, विवेक राई र सबिन राईको प्रहार गोलमा परिणत भयो । लालीगुराँसका राम थापा, अबुल युसुफ हाउले, टीकाराज गुरुङ, आशिष गुरुङ र सुदिप गुरुङ पाँचै जनाको प्रहार गोलमा परिणत भएको हो ।

भर्खरै ए डिभिजन लिगमा उक्लिएको पोखरेली टिम लालीगुराँसले सिधै बाई पाएर क्वाटरफाइनल खेलेको हो । लालीगुराँसले अब सेमिफाइनलमा अर्को नवप्रवेशी ए डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

एन्फा राष्ट्रिय लिगमा उत्कृष्ट लय समातिरहेको पोखराको एलजी एसोसिएसन फुटबल क्लब लिगका उत्कृष्ट प्रर्दशन गर्दै आएको छ ।

एलजीले लिगमा जावलाखेल, नेपाल पुलिस र सातदोबाटो क्लबहरूलाई पराजित गर्दै ४ जित र २ बराबरीको नतिजा निकालेको छ । बुढासुब्बा गोल पछि एलजीले झापा गोल्डकप प्रतियोगिता खेल्नेछ ।