स्वास्थ्य मन्त्रीद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

-


     क्लिक गण्डकी     
     माघ २२ गते २०८२ मा प्रकाशित


स्वास्थ्य मन्त्रीद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

स्वास्थ्य मन्त्रीद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

पोखरा, २१ माघ/ गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री पाठकलाई अस्पतालका निर्देशक डा सीपी आचार्य, स्वास्थ्य विज्ञान सङ्काय, पोखरा विश्वविद्यालयका डीन प्रा डा विष्णुराज तिवारीले अस्पतालको सेवा प्रवाह, वर्तमान अवस्था र भावी विकास योजनाका बारेमा जानकारी दिएका थिए ।

मन्त्री पाठक अस्पतालले स्वास्थ्य सेवा विकास र विस्तार गर्दै लगेकोप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अस्पतालको सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

हाल अस्पतालमा विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा दिदै आएको छ । विशेषज्ञ सेवाको दायरा क्रमिक रूपमा विस्तार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले पूर्ण क्षमतामा वार्ड सञ्चालनमा ल्याएको छ भने बहिरङ्ग सेवा (ओपीडी) २०८१ जेठबाट सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा नाक, कान, घाँटी तथा मनोरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूबाट समेत सेवा प्रदान गर्ने तयारी भइरहेको छ।

शिक्षण, उपचार र अनुसन्धानलाई एकसाथ अघि बढाउने लक्ष्यका साथ सञ्चालन भइरहेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्दै जाने लक्ष्य लिएको जनाएको छ ।