पोखरा युनाइटेड एकेडेमीमा माघ २३ मा खाना महोत्सव र सांस्कृतिक कार्यक्रम

-


     क्लिक गण्डकी     
     माघ २० गते २०८२ मा प्रकाशित


पोखरा युनाइटेड एकेडेमीमा माघ २३ मा खाना महोत्सव र सांस्कृतिक कार्यक्रम

पोखरा युनाइटेड एकेडेमीमा माघ २३ मा खाना महोत्सव र सांस्कृतिक कार्यक्रम

पोखरा, १९ माघ/ पोखरा १२ भद्रकालीमा रहेको युनाइटेड एकेडेमीले विद्यार्थीको सिकाइ विद्यालय बाहिर पु¥याउने उद्देश्यले खाना महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

होटल व्यवस्थापनमा अध्ययनर कक्षा ११ र १२ का विद्यार्थीको क्षमता प्रदर्शनीका लागि माघ २३ गते कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खाना महोत्सवसँगै अन्य स्थानीय व्याण्ड तथा लोकदोहोरी गायक राजन कार्कीका प्रस्तुति रहने प्रधानाध्यापक बयनबहादुर गोदारले जानकारी दिए ।

उनका अनुसार खाना महोत्सवसँगै कक्षा १ देखि ३ मा अध्ययनरत् विद्यार्थीका अभिभावकका लागि मार्केट फेयर कार्यक्रम पनि हुनेछ । कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको विद्यालयले ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनमा कक्षा संचालन गर्दै आएको छ ।

होटल म्यानेजमन्टमा अध्ययनरत् कक्षा ११ र १२ मा गरी १ सय २२ जना रहेको जानकारी दिए । कक्षा १ देखि १२ सम्म भने कुल १ हजार २ सय विद्यार्थी पढ्छन् ।

महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ३ सय रुपैयाँ र अभिभावकलाई ५ सय रुपैयाँ शुल्क लाग्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले दिए । प्रवेश शुल्कमा विद्यार्थीबाट पस्केको विभिन्न परिकारको स्वाद लिन पाइने छ ।