पोखरामा शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप

-


     क्लिक गण्डकी     
     माघ १६ गते २०८२ मा प्रकाशित


पोखरामा शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप

पोखरामा शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप

पोखरा, १५ माघ/ शनिबारदेखि पोखरामा यु १९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहने जानकारी दिएको छ । श्रीलंका, पाकिस्तान र माल्दिभ्सको टोली भने अनुपस्थिति रहने एन्फाले जनाएको छ ।

प्रतियोगितामा पहिलो दिन बंगलादेश र भुटानल पहिलो खेल खेल्दा, नेपाल र भारतले दोस्रो खेल खेल्ने छन् ।
एन्फामा सिईयो रत्नकुमार श्रेष्ठले प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको लागि आवश्यक भौतिक पूर्वाधार अन्तिम तयारीमा छ । मैदान मर्मत सम्भार भईसकेको छ । दुईदिनभित्र मैदान पूर्ण रुपमा तयारी हुने छ । प्रशिक्षणको लागि पोखरा १९ लामाचौरस्थित गोस्ते खेल मैदानलाई तयार गरिएको छ ।

खेलाडी चेन्जिङ रुम, प्लयेर बक्स लगायतका पूर्वाधार तयार पारिएको छ । कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका खेलकुद विकास समिति मार्फत मैदान मर्मत सम्भार, प्लयेर बक्स र चेन्जिङ तथा ड्रेसिङ रुम तयार गरिएको छ । प्रदेश फुटबल संघले प्रतियोगिता मैदान मर्मत सम्भार गर्दै आएको छ ।

प्रतियोगिताको लागि एन्फा दुई करोड ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । साफमा महासचिव पुरुषोत्तम कट्टेलले आगामी दुई वर्षपछि पोखरामै साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने योजना रहेको सुनाए ।