राष्ट्रियसभा निर्वाचनः गण्डकीमा काग्रेसका प्राडा जगत तिमिल्सिना र एमालकी सम्झना देवकोटा विजयी

-


     क्लिक गण्डकी     
     माघ १२ गते २०८२ मा प्रकाशित


गण्डकीमा काग्रेसका तिमिल्सिना र एमालकी देवकोटा विजयी

गण्डकीमा काग्रेसका तिमिल्सिना र एमालकी देवकोटा विजयी

पोखरा, ११ माघ/ राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट दुवै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्यमा कांग्रेसका प्राडा जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे ।

तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाएका छन् । जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए ।

महिला समूहमा नेकपा (एमाले) की उम्मेदवार देवकोटाले ५ हजार १४ मतभार पाएकी छिन् । उनकी निकटतम प्रतिश्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार पाइन् । तेस्रो भएकी जनमोर्चाकी लक्ष्मी वास्कोटाको ७६ मतभार मात्रै छ ।

अन्यमा २ जना प्रदेश सांसद र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिलामा २ जना प्रदेश सांसद र २ जना स्थानीय तह जनप्रतिनिधिको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गण्डकीमा २ सय २८ मतदाता थिए । ५९ सांसद र १६९ स्थानीय तहका जनप्रतिनिधिमध्ये प्रदेशतर्फ राप्रपाका २ सांसदले बहिष्कार गरेका छन् ।