
पोखरा ६ का पूर्व अध्यक्ष पहारीको निधन
पोखरा, १० माघ/ पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चुडामणि पहारीको निधन भएको छ ।
उनकको शुक्रबा चरक हस्पीटल पोखरामा उपचारका क्रममा निधन भएको हो । घरमा ह्दयघात भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्किसले मृत घोषणा गरेका थिए ।
पहारी २०५४ को स्थानीय निवाचनबाट पोखरा ६ को वडा अध्यक्षमा विजयी भएका थिए । उनको शुक्रबार नै अन्तेष्टि गरिएको छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।





