कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

-


     क्लिक गण्डकी     
     माघ ३ गते २०८२ मा प्रकाशित


कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा, २ माघ/ फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

कास्कीको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै कास्कीमा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचनको निस्पक्षता, स्वतन्त्रता, भएरहित बातावरण अगाडी बढेको बताए । उनले जनताको प्रतिनिधि छान्ने कामको छनौटको प्रक्रिया शुरु भएको बताए ।

कास्की क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान तथा तालिम केन्द्र रामघाट, क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सङ्घीय जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय, ड्यामसाइट र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय मालेपाटनस्थित प्रदेश कृषि मन्त्रालयको भवनमा स्थापना गरिएको छ । कास्की क्षेत्र १ नम्बरको निर्वाचन अधिकृत सीता रेग्मी र २ मा निर्मलाकुमारी खड्का रहेका छन् ।